Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुराम भट्टराई भन्छन् - उपचुनावमा १० दल एकै ठाउँमा हुनुपर्छ भन्ने छैन, यत्ति राम्ररी बुझौं

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले १० दलीय गठबन्धन संविधान रक्षालगायतमा सहकार्यका लागि भएको टिप्पणी गरेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले उपचुनावमा १० दल नै एकै ठाउँमा उभिनुपर्छ भन्ने नरहेको पनि बताए ।

सत्ता गठबन्धनका ५ दलले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख १० को उपचुनावमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरेका थिए ।

सत्ता गठबन्धनमा १० दल रहेको र विज्ञप्ति ५ दलले मात्रै जारी गरेको भन्दै गठबन्धनमा समस्या आएको चर्चा भइरहेका बेला अध्यक्ष भट्टराईले उपचुनावमा १० दल नै एकै ठाउँमा उभिनुपर्छ भन्ने नरहेको उल्लेख गरे ।

उनले लेखेका छन् ''१०-दलीय गठबन्धन राष्ट्रिय स्वाधीनता र संविधानको रक्षा, शान्तिप्रकृयाको पूर्णता, सुशासन र समृद्धिका मुद्दामा प्रतिबद्ध राजनितिक दलहरूको सहकार्य हो ! उनीहरूका कतिपय अन्य मुद्दाहरूमा असहमति पनि छन्/हुन्छन् ! अतःचुनाव/उपचुनावमा सबै सधैं एकै ठाउॅमा हुनुपर्छ भन्ने हुन्न ! यत्ति राम्ररी बुझौं !''

तनहुँ १, चितवन २ र बारा २ मा उपचुनाव हुँदैछ । सत्ता गठबन्धनबाट तीनै क्षेत्रमा उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077