Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उद्योग वाणिज्य महासंघ चुनाव : अञ्जन श्रेष्ठ नेतृत्वको प्यानल घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उमेदवारी दिएका अन्जन श्रेष्ठले आफ्नो टिमको घोषणा गरेका छन् ।

मंगलबार वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दर्ता गरेका श्रेष्ठले आज औपचारिक रूपमा टिमको घोषणा गरेका हुन् ।

यो समूहबाट वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ, वस्तुगत तर्फको उपाध्यक्षमा मनिषलाल प्रधान, एसोसीयट तर्फ भयत राज आचार्य र जिल्ला नगर तर्फ अरूण राज सुमार्गीले उम्मेदवारी दिएका छन्।

वरिष्ठ उपाध्यक्षमा उमेदवारी दिएका रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठले यसअघि आफ्नो टिम घोषणा गरेर चुनावी मैदानमा छन्।

चैत २८ र २९ गरी २ दिन चल्ने महासंघको साधरणासभाबाट महसंघको नयां नेतृत्व चयन हुँदै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077