Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई थप चार मन्त्रालयको जिम्मेवारी

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले थप चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएपछि रिक्त चार मन्त्रालयमा मधेश प्रदेशका प्रदेशप्रमुख हरिशंकर मिश्रले मन्त्रालयको जिम्मेवारी यादवलाई दिएका हुन् ।

एमालेका चार जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएपछि मन्त्रालय रिक्त भएका थिए ।

प्रदेश सरकारमा एमालेका राजकुमार लेखी,सरोजकुमार यादव,शत्रुधन प्रसाद सिंह र मोहमद जयद आलम मन्त्री तथा केशव राय राज्यमन्त्रीको रुपमा सहभागी थिए ।

यादवले रिक्त गृह तथा सञ्चार, कानुन न्याय तथा प्रदेशसभा मामिला ,महिला बालवालिका युवा तथा खेलकुद र भौतिक पूर्वाधार मन्लायको जिम्मेवारी पाएका छन् ।

जसपा संसदीय दलका नेता यादव २७ पुसमा एमालेले समर्थन दिएपछि मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077