Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दौडिनुपर्ने सरकार अझै अलमलमा छ : महामन्त्री थापा

    दौडिनुपर्ने सरकार अझै अलमलमा छ : महामन्त्री थापा

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 348
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दौडिनुपर्ने सरकार अझै अलमलमा रहेको बताएका छन् ।

    काठमाडौंमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    महामन्त्री थापाले भने, ‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ । तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ ।’



    नागरिकमा भरोसा जगाउन सरकारले काम सुरु गर्‍यो भन्ने महसुस गराउन सक्नुपर्ने बताए । यसका लागि राष्ट्रपति, प्रधानमन्त्रीले अत्यावश्यकबाहेक खर्च कटौती सुरु गर्नुपर्ने उनले बताए ।

    सरकारले निर्माणको क्षेत्रमा ६० देखि ८० अर्ब रुपैयाँ तिर्न बाँकी रहेको भन्दै उनले यो रकम मात्र दिने हो भने बजार चलायमान हुने बताए ।

    यसका लागि प्रधानमन्त्री र मन्त्रीहरुमा युद्ध लड्दाको जस्तो मानसिकता हुनुपर्ने भएपनि त्यो नपाएको महामन्त्री थापाले बताए । प्रधानमन्त्री र मन्त्रीहरुले युद्धको बेला झैं काम गर्ने हो भने एउटा माहौल सिर्जना गर्न सकिने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार