Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कांग्रेस महामन्त्री थापाले भने – अहिले हाम्रो पार्टी गुटैगुटको गुजुल्टो बनेको छ

    कांग्रेस महामन्त्री थापाले भने – अहिले हाम्रो पार्टी गुटैगुटको गुजुल्टो बनेको छ

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 522
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी गुटैगुटको गुजुल्टो बनेको बताएका छन् ।

    शनिबार भक्तपुर–२ को क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    महामन्त्री थापाले अहिले कांग्रेस सबैभन्दा ठूलो राजनीतिक र सामाजिक संगठन भएपनि पार्टीभित्रकै असमझदारीले ठाउँठाउँमा पराजय ब्यहोरेको बताए ।



    महामन्त्री थापाले भने,‘सभापतिको गुट छ, उपसभापतिको गुट छ । महामन्त्रीहरूको गुट छ । अरू–अरूको आफ्नै गुट छ । त्यसकारण पार्टी त गुटैगुटको गुजुल्टो बनेको छ।’

    उनले गुट बनाउन राम्रो होइन भनेर बोल्नेहरूले पनि गुट बनाइरहेको बताए ।

    उनले कांग्रेस हाल सबैभन्दा ठूलो राजनीतिक संगठन भएपनि एकताबद्ध हुन नसकेका कारण मुलुकको नेतृत्व अरु अरुको हातमा पुग्ने गरेको बताए ।

    उनले अहिल भइरहेका जिल्ला सम्मेलनहरू औपचारिकतामा मात्रै सीमित भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार