Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्राप्त उपलब्धिमाथि विभिन्न रूपबाट प्रहार भइरहेको छ : गगन थापा

    प्राप्त उपलब्धिमाथि विभिन्न रूपबाट प्रहार भइरहेको छ : गगन थापा

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 402
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलहरूले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न रूपबाट प्रहार भइरहेको बताएका छन् ।

    काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    महामन्त्री थापाले भने, ‘राजनीतिक दलहरूले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न रूपबाट प्रहार भइरहेको छ । सबै दलहरू मिलेर नगएसम्म प्रहारलाई रोक्न सकिँदैन ।’



    उनले यो प्रहारलाई रोक्न सबै राजनीतिक दलहरू मिल्नुको विकल्प नरहेको पनि बताए ।

    उनले राजनीतिक दलहरू एकअर्काको आरोप प्रत्यारोपमा उत्रिँदा प्राप्त उपलब्धिमाथि भइरहेको आक्रमण रोक्न ध्यान नपुगेको स्वीकारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार