Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्थमन्त्री डा. महत र एडीबी कन्ट्री डाइरेक्टरबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र एसियाली विकास बैंकका नेपाल निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नाउड काउचियोसबीच भेटवार्ता भएको छ ।

बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपालको वर्तमान अर्थतन्त्र र सहकार्यको प्रस्तावबारे छलफल भएको छ ।

छलफलका क्रममा काउचियोसले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन् ।

महतले विकास निर्माण कार्यमा ढिलासुस्ती भएर ठेक्का प्रक्रियाका कामहरू अगाडि बढ्न नसकेकोमा दातृ निकाय चिन्तित रहेको बताए ।

अर्थमन्त्रीका रुपमा कार्यभार सम्हालेलगत्तै महतले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड, निजी क्षेत्रका छाता सङ्गठनहरु, विकास साझेदारलगायत क्षेत्रसँग परामर्श थालेका उनले हिजो विश्व बैंकको प्रतिनिधिमण्डलसँग पनि भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077