Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लामो समयपछि शेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकम भने ८१ करोडमा खुम्चियो

काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ३९ अंकले बढेर एक हजार ८ सय ७५ दशमलव शून्य सात बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार आज उत्पादन र निर्जीवन बीमा बाहेक अरु समूहको शेयर सामान्य बढेको छ ।

सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक १.०४ प्रतिशतले बढेको छ भने अन्य ९ वटा उपसूचक १ प्रतिशत भन्दा कमले बढेका छन् ।

बुधबार नेप्से बढ्दै गर्दा कूल २६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार ८१ करोड ६० लाख ४६ हजार रुपैयाँ झर्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077