Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कञ्चनपुरबाट लागुऔषधसहित दुईजना पक्राउ

    कञ्चनपुरबाट लागुऔषधसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 522
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

    इलाका प्रहरी कार्यालय झलारी र रैकवारबाट खटीएको प्रहरी गस्ती टोलीले कृष्णपुर नगपालिका ७ कलुवापुरका गणेश पाण्डेय र कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ लालपुरका ४० वर्षीय तिर्थ फुलारालाई पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालयका अनुसार पाण्डेयले चलाएको सु.प.प्र.०१–०११ प.२२४६ नम्बरको मोटरसाईकल र सोही मोटर साईकलमा पछाडी सवार फुलारालाई शंकालागी चेक जाँज गर्दा उनीहरुको साथबाट १.१५ ग्राम लागुऔषध खैरो हिरोईन नियन्त्रणमा लिइएको हो ।



    उनीहरुलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार