Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आईपीएल : राजस्थानमाथि पञ्जावको पाँच रनको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा पञ्जावले राजस्थान रोयल्समाथि पाँच रनको रोमाञ्चक जित निकालेको हो ।

राजस्थानको पहिलो हार हो । गुवाहिटीस्थित बार्सापारा क्रिकेट रंगशालामा पञ्जावले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९२ रनमात्र बनाउन सक्यो।

टस हारेपछि ब्याटिङमा आएको पञ्जावले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९७ रन बनाएको थियो ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको पञ्जाव तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट दुई अंक जोडेको राजस्थान तालिकाको चौथो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077