Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • मोरङमा तीन परीक्षा केन्द्रबाट एसईईका १९९ नक्कली परीक्षार्थी पक्राउ

    मोरङमा तीन परीक्षा केन्द्रबाट एसईईका १९९ नक्कली परीक्षार्थी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 1.6K
    SHARES

    मोरङ । मोरङमा माध्यमिक शिक्षा परीक्षा एसईई दिने १९९ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् ।

    मोरङका विभिन्न परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।



    मोरङको झोराहाट, केराबारी र हरैचाबाट १९९ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरीले जनाएको छ ।



    केराबारीस्थित सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना नक्कली परीक्षार्थी प्रकाउ परेका छन् ।

    त्यस्तै झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैचाको जनता मावि केन्द्रबाट २० जनालाई नियन्त्रणमा लिइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार