Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषधसहित धरानबाट एक जना पक्राउ

धरान । धरानबाट ठूलो परिणामको प्रतिबन्धित लागूऔषधसहित सशस्त्र प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीको टोलीले बुधबार राती धरान-१६ नौलो बस्तीबाट १८ वर्षीय राजेश परियारलाई पक्राउ गरेको हो।

पक्राउ परेका परियारको साथबाट स्पास्पिन ७ सय २३ ट्याब्लेट, ट्रमाडोल ७ सय १८, ट्याब्लेट, गाजा ५० ग्राम र घरेलु हतियार बरामत गरिएको सशत्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प धरानले जनाएको छ ।

सशस्त्र प्रहरीले कारोबारमा संलग्नलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको थियो ।

पक्राउ परेका परियारलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको सशत्र प्रहरी बल बेस क्याम्प धरानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077