Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विदेशबाट ल्याइने शवमा समेत भ्रष्टाचार हुन्छ : हरि ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विदेशबाट ल्याइने शवमा समेत भ्रष्टाचार हुने गरेको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले यस्तो बताएका हुन् ।

सांसद ढकालले भने, ‘विदेशबाट शव ल्याउँदा शवको बाक्साहरू फुटेका छन्। ती बाकसमा पनि केही सामान छन् कि गरगहनाहरू लुट्नका लागि। कारण के हो?’

सांसद ढकालले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै भ्रष्टाचार जरैसम्म पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077