Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सी र फ्रान्सका राष्ट्रपति म्याक्रोँबीच बेइजिङमा भेटवार्ता, के भयो कुराकानी ?

    सी र फ्रान्सका राष्ट्रपति म्याक्रोँबीच बेइजिङमा भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 693
    SHARES

    एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीवार बेइजिङमा भेटवार्ता भएको हो ।

    भेटवार्तामा म्याक्रोँले विगत केही वर्षदेखि चीन र फ्रान्सले द्विपक्षीय सम्बन्धमा सकारात्मक र सुदृढ वृद्धिको गति कायम राख्न मिलेर काम गरेको बताए ।



    राष्ट्रपति म्याक्रोँको तीन वर्षभन्दा लामो समयपछि भएको चीनको राजकीय भ्रमणको स्वागत गर्दै राष्ट्रपति सीले बदलिँदो र अस्थिर अन्तर्राष्ट्रिय परिदृश्यका बाबजुद भएको भेटले रुस–युक्रेन युद्ध अन्त्यका लागि वातावरण बनाउने विश्वास विश्व समुदायले लिएको बताए ।



    दुवै पक्षले हाइब्रिड ढाँचामा उच्च आवृत्ति र उच्च गुणस्तरको रणनीतिक सञ्चार कायम गरेको, कोभिड–१९ विरुद्धको लडाइँमा एकअर्कालाई सहयोग गरेको, द्विपक्षीय व्यापारमा बलियो वृद्धि भएको र एअरोस्पेस, उड्डयन, कृषि, खाद्य र अन्य क्षेत्रमा सहयोगका महत्त्वपूर्ण परिणाम देखेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार