Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जी-२० शिखर सम्मेलनमा पुटिन र सी सहभागी नहुने

    जी-२० शिखर सम्मेलनमा पुटिन र सी सहभागी नहुने

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.6K
    SHARES

    एजेन्सी । विश्वका २० प्रमुख अर्थतन्त्रहरुको लुज नेटवर्क जी-२० मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ सहभागी नहुने भएका छन् ।

    भारतको राजधानी नयाँ दिल्लीमा नौ दिनपछि आयोजना हुने जी-२० शिखर सम्मेलनमा पुटिन र सी सहभागी नहुने भएका हुन् ।



    पुटिनले आफू आउन नपाउने जानकारी भारतीय पक्षलाई फोनै गरेर गराएका थिए । भारतमा आयोजना हुनु अगाडि इन्डोनेसियामा आयोजना भएको जी(२० शिखर सम्मेलनमा पनि पुटिन गएका थिएनन् ।



    यस्तै चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि जी-२० मा नजाने बताइएको छ । सीको ठाउँमा चिनियाँ प्रधानमन्त्री लि चियाङ सहभागी हुने भएका छन् ।

    गत हप्ता दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको ब्रिक्सको १५औं शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी पनि गरेका सीको भारत भ्रमण नहुनुलाई अर्थपूर्ण मानिएको छ ।

    रुस र चीनका राष्ट्र तथा सरकार प्रमुखहरुको अनुपस्थितिले भारतमा आयोजना हुने पहिलो जी-२० शिखर सम्मेलन खल्लो हुने टिप्पणी भारतमै सुरु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार