Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गुल्मीमा आगलागीमा परेर एक जनाको मृत्यु

बुटवल । गुल्मीमा घरमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा मदाने गाउँपालिका–६ पुर्कोटदह देउरालीका ८३ वर्षीय ज्ञानबहादुर जीसी रहेका छन्।

एक्लै बस्दै आएका जीसीको घरमा गएराति करिब १० बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल लगिएको र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077