Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बागमती किनारका सुकुम्बासीले रोके महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुने गैरीगाउँ क्षेत्र आसपासका सुकुम्बासी बस्ती हटाउने तयारी गरेपछि बासिन्दाले  महानगरको डोजर रोकेका छन्।

महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्वासी बस्तीका बासिन्दाले सडकमा टायर बालेर बाटो रोकेका हुन् ।

महानगरपालिकाको टोलीले डोजर अगाडि बढाउन सकेको छैन । महानगर प्रहरीले नदी किनारको अव्यवस्थित बस्ती हटाउन भन्दै सूचना निकालेको थियो ।

पछिल्लो समय महानगरले विभिन्न स्थानमा भएका अनधिकृत संरचना भत्काइरहेको छ।

काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले अव्यवस्थित सुकुम्बासी हटाउन पटक पटक सरकारलाई आग्रह गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077