Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अर्थमन्त्री महत र एनआरएनएका पदाधिकारीबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीबीच भेटवार्ता भएको छ ।

शुक्रबार सिंहदरबारमा भएको भेटमा एनआरएनए प्रतिनिधिले ज्ञापनपत्र बुझाएका छन् ।

आजैदेखि अध्यक्षको नेतृत्व सम्हालेका डा. बद्री केसीले ज्ञापनपत्र वाचन गरेर सुनाएपछि तीनैजना अध्यक्ष डा. केसी, कुल आचार्य र रविना थापाले संयुक्तरुपमा मन्त्री डा. महतलाई बुझाएका थिए।

भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरणको सन्दर्भमा दुईपक्षबीच छलफल भएको थियो।

त्यस्तै, मन्त्री डा. महतले नेपालमा अहिले लगानीको समस्या रहेको र सुरक्षित लगानीका लागि सरकार एनआरएनएको साथमा रहेको भन्दै लगानी मैत्री वातावरणमा समस्या भए आर्थिक ऐनमार्फत् सम्बोधन गरिने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077