Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सडकपेटीमा अवैध संरचना बनाएको भन्दै प्रहरीलाई बालेनको चेतावनी – हामी ती संरचना हटाउन बाध्य हुनेछौं

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडकपेटी मिचेर प्रहरीले नै संरचना बनाएको भन्दै हटाउन आग्रह गरेका छन्।

शनिबार सामाजिक सञ्जालमा महानगर क्षेत्रमा सडक मिचेर बनाइएका प्रहरी बिटका तस्बिरहरू पोष्ट गर्दै उनले हटाउन आग्रह गरेका हुन्। उनले प्रहरी आफैले नहटाए महानगर हटाउन बाध्य हुने भन्दै चेतावनी समेत दिएका छन्।

फुटपाथमा पैदलयात्री हिँड्नको लागि प्रयोग हुनुपर्ने भन्दै व्यापार गर्न पनि रोकेको र यो नियम सर्वसाधरणका लागि मात्रै नभएको पनि उनले बताएका छन् ।
उनले भनेका छन्–‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ। त्यो संरचना प्रहरी आफैंले हटाउनुहोला। नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौं ।’

यस्तै राजदूतावास लगायत विदेशी नियोगले पनि विभिन्न ठाउँमा सडकपेटी मिचेको भन्दै मन्त्रालयलाई काम अघि बढाउन पत्राचार गरेको पनि उनले जनाएका छन् ।

उनले भनेका छन्–‘कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ ।’

https://www.facebook.com/balenOfficial/posts/783455196480071

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077