Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • थाइल्याण्डमा गोली चल्यो, चार जनाको मृत्यु

    थाइल्याण्डमा गोली चल्यो, चार जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 429
    SHARES

    फाइल तस्विर

    एजेन्सी । थाइल्याण्डको दक्षिणी भागमा शनिबार भएको गोलीकाण्डमा कम्तीमा चारजनाको मृत्यु भएको छ ।

    राजधानी बैंककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा स्थानीय समयअनुसार साँझ ५ बजे सशस्त्र आक्रमण सुरु भएको थियो ।



    ‘सशस्त्र आक्रमणबाट चार जनाको मृत्यु भएको छ,’ स्थानीय प्रहरी प्रमुख क्रिआङक्राई क्राइकाउले भने।



    स्थानीय सञ्चारमाध्यमका अनुसार गाउँका एक पूर्व मुखियाको घर नजिकै गोली चलेको थियो ।

    थाइल्याण्डमा बन्दुकको स्वामित्वको उच्च दर छ र विगत १२ महिनामा हिंसात्मक घटनाहरू निरन्तर भइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार