Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ज्वाइँको कुटपिटबाट ससुराको मृत्यु

सप्तरी । सप्तरीमा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु भएको छ ।

बोदेबर्साइन नगरपालिका-६ खामगडाका ५५ वर्षीय छठु महतोको ज्वाइँको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गत पुस ११ गते घरायसी विवादमा बोदेबर्साइन नगरपालिका-७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गर्दा ससुरा छठु गम्भीर घाइते भएका थिए ।

औषधि खाइरहेका उनको शनिबार दिउँसो मृत्यु भएको बताइएको छ । ज्वाइँ महतो अहिले पुर्पक्षका लागि थुनामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077