Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सेना र प्रहरीमा जागिर लगाइदिने भन्दै ४८ लाख ठगी भएको खुलासा

    सेना र प्रहरीमा जागिर लगाइदिने भन्दै ४८ लाख ठगी भएको खुलासा

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 855
    SHARES

    सुर्खेत । सेना र प्रहरीमा जागिर लगाइदिने भन्दै ४८ लाख ठगी भएको खुलासा भएको छ ।

    सुर्खेत भेरीगङ्गा नगरपालिका ३ की लक्ष्मी सुनारले प्रहरीमा जागिर लगाइदिने तथा शान्ति सेनामा पठाइदिने आश्वासन दिएर आफूबाट करिब ४८ लाख रुपैयाँ ठगी भएको बताएकी हुन् ।



    पत्रकार सम्मेलन गर्दै पीडित सुनारले जाजरकोट स्थायी ठेगाना बताउने किरण शाही ठकुरीले आफूसहित १८ जनाको ४८ लाख रुपैयाँ ठगी गरेको बताइन् ।



    शाहीले आफ्नो श्रीमानसहित अन्य पाँच जनालाई शान्ति सेनामा पठाउने भन्दै प्रतिव्यक्ति तीन लाख रुपैयाँको दरले पैसा लिएर फरार भएको पीडित सुनारले बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार