Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरी बेस क्याम्पमा दुर्घटना

काठमाडौं । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।

इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो ।

हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला परेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

हेलि एभरेष्ट एयरको हेलिकोप्टरमा नेपालको पहिलो महिला पाइलट प्रिया अधिकारी मात्र थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077