Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रवि लामिछानेको पार्टीका सासंद श्रेष्ठले मन्त्री बन्न २ करोड मागेको अडियो भाईरल

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो भाईरल भएको छ ।

सासंद श्रेष्ठले आफु स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै रकम मागेको सार्वजनिक भएको अडियो बाहिरीएको हो ।

पार्टीलाई बुझाउनुपर्ने भन्दै श्रेष्ठले प्रसाईसँग २ करोड रुपैयाँ सहयोग मागेको अडियोमा स्पष्ट सुनिन्छ ।

सार्वजनिक भएको अडियोमा सासंद श्रेष्ठले भनेका छन्, ‘आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि । साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला।’

सासंद श्रेष्ठले उक्त रकम आफूले पाएर स्वास्थ्यमन्त्री भएपछि व्यवसायी प्रसाईंका पक्षमा काम गर्ने बताएका छन्।

सार्वजनिक भएको अडियोमा पार्टीलाई सुरूवाती क्षण देखि नै सहयोग गर्ने टिमबाट मन्त्री बन्न मलाई दुई साढे दुई करोड मागेको र अहिले एक करोड दिएपनि उनिहरुले मान्ने श्रेष्ठले बोलेका छन् ।

उनले प्रसाईंसँग दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । उनले तत्काल एक करोड भएपनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईंलाई सुनाएका छन् ।

प्रसाईंले दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने तर पछि आफ्नो काम गरिदिनुपर्ने शर्त राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077