Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईजीपी कुँवरद्धारा चार जना एआईजीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

    आईजीपी कुँवरद्धारा चार जना एआईजीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 618
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    प्रहरी नायब महानिरीक्षक डीआईजी बाट एआईजीमा पदोन्नति भएका चार जनालाई प्रहरी अधिकारीहरुलाई आईजीपी बसन्त बहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    आईजीपी कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षकहरू सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई दर्ज्यानी चिन्ह लगाइदिए ।



    समारोहमा आईजीपी कुँवरले पदोन्नति भएका एआईजीहरुलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार