Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आईजीपी कुँवरद्धारा चैते दशैंको अवसरमा मौलो पूजा सम्पन्न

    आईजीपी कुँवरद्धारा चैते दशैंको अवसरमा मौलो पूजा सम्पन्न

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 294
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले चैते दशैंको अवसरमा प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा संकल्प पूजा गरेका छन्।

    नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा आईजीपी कुँवरले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाएका हुन्।



    आईजीपी कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार रामकुमार कार्कीलाई नगद पुरस्कार प्रदान गरेका छन् ।



    सो अवसरमा प्रहरी महानिरीक्षक कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू समेतले मौलो परिक्रमा गरेका थिए ।

    पूजा बिसर्जनपछि मूलकोट हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान हुन्छन् ।

    मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिह्न अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ ।

    नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमनचैन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिइन्छ ।

    संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनी निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ ।

    नेपाल प्रहरीले २०११ सालमा निशान झण्डा प्राप्‍त गरेपश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएकोछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार