Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आईजीपी कुँवरले भने – राज्यद्वारा प्रदत्त जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्नू

    आईजीपी कुँवरले भने – राज्यद्वारा प्रदत्त जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्नू

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 324
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले राज्यद्वारा प्रदत्त जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्न निर्देशन दिएका छन् ।

    आर्थिक वर्ष २०८०र०८१ को वार्षिक तालिम क्यालेण्डरको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन्।



    आईजीपी कुँवरले अघिल्लो तालिम क्यालेण्डर बमोजिम संचालित तालिमहरूका असल पक्षहरूको निरन्तरता दिनुपर्ने बताए ।



    उनले अहिले व्यावसायिक प्रहरी जनशक्ति अपरिहार्य रहेको बताए । जनशक्ति उत्पादन गर्न आवश्यकतामा आधारित वैज्ञानिक र समय सापेक्ष प्रशिक्षण प्रणालीको भूमिका महत्वपूर्ण रहेको आईजीपी कुँवरको भनाई छ ।

    प्रशिक्षणमा अन्य निकायहरूको असल अभ्यासहरूको अवलम्वनसँगै सेवा विशिष्टिकरणको आधारमा तालिम पाठ्यक्रमको निर्माण गर्नु पर्ने उनले बताए ।

    प्रहरी महानिरीक्षक कुँवरले बदलिँदो सामाजिक परिवेश, प्रविधिको द्रूत विकास सँगसँगै देखा परेका साइबर क्राइम, क्रिप्टोकरेन्सी, आर्थिक तथा वित्तिय अपराध, भूमि र प्रशासन सम्बन्धी अनुसन्धानका क्षेत्रलाई समेत सम्बोधन हुने तालिमका कार्यक्रम संञ्चालन गर्नुपर्ने बताए ।

    परम्परागत पद्धतिको प्रशिक्षण एवं पाठ्यक्रमले मात्र दक्ष जनशक्ति निर्माण गर्न नसकिने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार