काठमाडौं । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच वार्ता निष्कर्ष विहीन भएको छ ।
गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको टोली र पीडितहरुबीच भएको वार्ता निष्कर्ष विहीन भएको हो ।
वार्तामा मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई ६ बुँदे मागपत्र बुझाएको छ ।
मिटरब्याज पीडितको वार्ता टोली १९ जनाको भएकाले सानो बनाउन सरकारी वार्ता टोलीले आग्रह गरेको छ ।