Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दुर्गा प्रसाईंसँग पैसा माग्ने सांसद श्रेष्ठलाई ७० घन्टाभित्र कारबाही गर्छु : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरेर कारबाही गर्ने बताएका छन् ।

आज बारा २ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले श्रेष्ठमाथि छानबिन गरेर कारबाही गर्ने बताएका हुन् ।

सभापति लामिछानेले भने, ‘मैले ७२ घण्टे अल्टिमेटम दिएको दुई घण्टा भइसक्यो । अब ७० घण्टाभित्र सत्यतथ्य छानबिन गरेर कारबाही गर्न नसके मलाई यही गढीमाईमा बलि दिनुहोला ।’

सभापति लामिछानेले सांसद श्रेष्ठको अडिओ आफूले सुनेलगत्तै उनलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको बताए। स्पष्टीकरण सोधेको २ घन्टा बितिसकेको र अब ७० घन्टा बाँकी रहेको लामिछानेले बताए।

सभापति लामिछानेले सांसद श्रेष्ठ दोषी पाइएमा कारबाही गरिने र सांसदबाट फिर्ता बोलाइने बताए। आज मात्रै सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएको थियो ।

[insert page='211328' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077