Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महिला साथीको नाममा ‘फेसबुक एकाउन्ट’ खोली ठगी धन्दा

    महिला साथीको नाममा ‘फेसबुक एकाउन्ट’ खोली ठगी धन्दा

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 465
    SHARES

    फाइल तस्विर

    काठमाडौं । महिलाको नाममा फेसबुक खाता बनाई ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    पर्वतको मोदी गाउँपालिका २ का २६ वर्षका विश्व शर्मालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।



    शर्माले आफ्नै महिला साथीको फोटो दुरुपयोग गरेर फेसबुकमा नक्कली खाता बनाएको र साथी बनाएर माया प्रेमको बहाना बनाई रकम ठगेको पाइएको साइबर ब्युरोले जनाएको छ ।



    विभिन्न बहानामा पैसा मागेको र फरक–फरक बैंक खाता तथा डिजिटल वालेटहरूमार्फत पैसा मागेर ठगी गरेको भन्ने उजुरीका आधारमा छानबिन गरी शर्मालाई पक्राउ गरिएको साइबर ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिए ।

    उनीमाथि ब्युरोले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार