Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ‘हाम्रो बजार डटकम’मार्फत सस्तोमा आइफोन दिने भन्दै ठगी, युवक पक्राउ

    ‘हाम्रो बजार डटकम’मार्फत सस्तोमा आइफोन दिने भन्दै ठगी, युवक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 483
    SHARES

    काठमाडौं । नक्कली बिज्ञापन राखी अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न एकजना पक्राउ परेका छन् ।

    हाम्रो बजार डटकम नामक अनलाईनमार्फत आईफोन १४ प्रोम्याक्स जस्ता महँगो मोबाईल सेटहरु सस्तो मूल्यमा बिक्रीमा छ भन्दै ठगी गर्ने हुम्लाको सिमिकोट गाउँपालिका ४ घर भएका उपेन्द्र शाही पक्राउ परेका हुन् ।



    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनलाई भक्तपुर सुर्यबिनायक नगरापलिका वडा नम्बर २ बालकोटबाट पक्राउ गरिएको हो ।



    उनले महँगो मूल्यका आईफोन मोबाईल सेटहरु सस्तो मूल्यमा बिक्रीमा छ भन्ने जस्ता आकर्षक बिज्ञापन पोष्ट गरी मोबाईल किन्ने ब्यक्तिहरु सम्पर्कमा आएमा मोबाईलको मूल्य, डेलिभेरी, कुरियर चार्ज जस्ता बिभिन्न प्रयोजनमा रकम लाग्छ भनि ठगी गरेको आरोप छ ।

    उनी बिभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता, ईसेवा तथा खल्ती वालेटहरुमा रकम पठाउन लगाई रकम पठाए पश्चात सम्पर्क विहिन हुने गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार