Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पर्साबाट ठूलो परिमाणमा लागुऔषध बरामद, चारजना पक्राउ

पर्सा । पर्सामा ठूलो परिमाणमा लागूऔषध चरेस र गाँजासहित चारजना पक्राउ परेका छन् ।

पटेर्वा सुगौली गाउँपालिका-५ देवरीयामा प्रदेशी राउत थारुको घरमा आइतबार साँझ प्रहरीले छापा मारेर चरेस र गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रहरी निरीक्षकद्वय आशुतोष शाही र प्रज्वल थपलियाको नेतृत्वको टोलीले आइतबार साँझ साढे ४ बजे थारुको घरमा छापमा मारेर खान तलाशी गर्दा लुकाएर भण्डारण गरिराखिएको १ सय १८ केजी चरेस र ४ केजी गाँजा बरामद गरेको हो।

चरेस र गाँजाको कारोबारमा संलग्न घरधनी ६० वर्षीय थारु, मकवानपुरको मकवानपुर रक्सीराङ गाउँपालिका-८ का ३८ वर्षीय रमेश मोक्तान र मकवानपुरकै मनहरी गाउँपालिका-६ का २५ वर्षीय रोशन मोक्तानलाई पक्राउ पनि गरिएको पर्सा प्रहरीले जनाएको छ ।

यस्तै आइतबार नै दिउँसो पर्साको ठोरी गाउँपालिका-२ हनुमानगरबाट पनि ६१ केजी गाँजासहित चितवनको लोथरका ५७ वर्षीय रामबहादुर तामाङ पनि पक्राउ परेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077