Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले काठमाडौं महानगरको माग तत्काल सम्बोधन गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको जायज माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाईआग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग तत्काल वार्ता गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे ।

मेयर बालेनले संघीय सरकारप्रति असहमति प्रकट गर्दै सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् ।

संघीय सरकारले बनाउनुपर्ने कानुन नबनाउँदा र अन्तर तह समन्वय गर्नुपर्ने संयन्त्रहरुलाई सक्रिय नराख्दा स्थानीय तह र प्रदेशहरुले राम्रोसँग काम गर्न नसकेको थापाले बताए ।

काठमाडौं महानगरपालिकासँगको टकराब हल गर्न सरकार गम्भीर बन्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077