Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • वैशाख १ मा रिलिज हुने भनिएको ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकियो

    वैशाख १ मा रिलिज हुने भनिएको ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकियो

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 510
    SHARES

    काठमाडौं । वैशाख १ गते रिलिज हुने भनिएको चलचित्र ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकिएको छ ।

    समयमै सेन्सर पास नहुँदा प्रदर्शन रोकिएको बताईएको छ ।



    फिल्मसँग सम्बन्धित एक निर्माताको आर्थिक लेनदेनलाई लिएर चलचित्र विकास बोर्डमा उजुरी परेपछि बोर्डले विवादका कारण सेन्सर सिफारिस नदिएको हो ।



    विकास आचार्य निर्देशित फिल्ममा आर्शिवाद क्षेत्री र आँचल शर्मालाई मुख्य भूमिकामा छन् ।

    फिल्ममा आर्शिवाद र आँचलका साथै सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मीलगायतको अभिनय छ।

    फिल्मलाई वैशाखभित्रै प्रदर्शन गर्ने तयारी भइरहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार