Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली वकिल बनेर ३१ लाख ठगी, मानबहादुर पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली वकिल बनेर ३१ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

कानुन व्यवसायी हुँ भन्दै अर्काको लाइसेन्स दुरुपयोग गरी लाखौं ठगी गर्ने जाजारकोटको छेडागाड नगरपालिका १२ का मानबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

मानबहादुरले बैकिङ कसूर मुद्दामा थुनामा रहेका मानिसलाई छुटाई दिने र मुद्दा मिलादिने बहानामा सर्वोच्च अदालतमा पुनरावेदन गर्छु भनी विभिन्न माध्यमबाट पटक–पटक गरी ३१ लाख रकम लिई ठगी गरेका थिए ।

पक्राउ परेका सिंहमाथि ठगी सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनको साथबाट विभिन्न व्यक्तिका नाममा काटिएका चेकहरु, विभिन्न व्यक्तिका नागरिकता प्रमाणपत्र, भिसाकार्डलगायतका सामान बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077