Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आयातित तरकारीको विषादी परीक्षण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले भारतबाट आउने तरकारीलगायत खाद्यवस्तुमा विषादीको मात्रा परीक्षण गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयातित तथा उत्पादित खाद्य पदार्थमा विषादीको सीमा निर्धारण गर्ने निर्णय गरेको हो ।

सरकारकी प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले भनिन्, 'आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशक विषादीको प्रयोगमा सीमा निर्धारण गर्ने भन्ने विषय हाम्रो समितिमा गएको थियो, समितिबाट आएर आज मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।'

यस्तै मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यको नियुक्तिलाई सदर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077