Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पशुपतिमा भेटीको घ्याम्पो गायब, अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा भेटिघाटी संकलन गर्ने घ्याम्पो गायब भएको छ । माघ १४ गते पशुपतिनाथ परिसरमा भेटी संकलनमा लागि राखिएको घ्याम्पो हराएको हो ।

यस सम्बन्धमा नेपाल प्रहरीलाई थप अनुसन्धान गर्न आग्रह गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले जानकारी दिए । पशुपतिमा राखिएको सीसीफुटेजअनुसार उक्त घ्याम्पो हराएको दुई घण्टापछि पुरानै ठाउँमा राखिएको थियो ।

उनले मन्त्रालयले गरेको निर्णयका सम्बन्धमा जानकारी गराउँदै भनेका छन्, “१– यस वर्षको महाशिवरात्रीमा संचालित मेलामा सम्झौता विपरीत काम भएकाले थप अनुसन्धान गरी दोषीउपर कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने । २– पशुपतिनाथ मन्दिर परिसरबाट भेटिघाटी संकलन हुने घ्याम्पो हराएकोमा थप अनुसन्धान गर्न नेपाल प्रहरीलाई पठाउने ।”

कोषका सदस्य देवी बरालको संयोजकत्वमा छानबिन समिति बनेको थियो। समितिले कसैलाई दोषी किटान नगरेपछि थप अनुसन्धानको जिम्मा अब प्रहरीलाई दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077