Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ नेतृत्वका लागि उद्योग वाणिज्य महासंघको मतदान सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

प्रज्ञाभवन कमलादीमा बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै २ घण्टा ढिला सुरु भएको हो ।

महासङ्घका प्रतिनिधिहरू प्रज्ञा भवन पुगेर आआफ्ना उम्मेदवारको पक्षमा मत मागिरहेका छन् ।

हिजोबाट सुरु भएको साधारणसभबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल विधानतः स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आज मतदान हुनेछ ।

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईको उम्मेदवारी परेको छ । निर्वाचनमा कुल १९५३ मतदाता सहभागी छन् । महासंघ निर्वाचनमा ५० प्रतिशत मतभार रहेको जिल्ला नगरतर्फ ११७, वस्तुगततर्फ १२३ र एसोशिएटतर्फ १७४८ मतदाता छ । यस्तै द्विराष्ट्रियतर्फ ५ जना मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077