Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

रघुजी पन्त भन्छन्- कर्मचारीको दलीय करणले समस्या ल्यायो, ट्रेड युनियन खारेज गरौँ

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले ट्रेड युनियनहरू खारेज गर्नुपर्ने बताएका छन् ।

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले कर्मचारीहरूको दलीय करणले समस्या ल्याएको भन्दै दलै पिच्छेका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने बताएका हुन् ।

कर्मचारीहरूको दलीय करणको समस्याले जरो गाड्दै गएकाले शिक्षक होस् वा कर्मचारी दलपिच्छेका ट्रेड युनियनलाई खारेज गर्नुपर्ने पन्तको भनाई छ ।

उनले भने, ‘कर्मचारीहरूको दलीय करणले समस्या ल्याएको छ । चाहे शिक्षक होस् वा कर्मचारी दलपिच्छेका ट्रेड युनियनलाई खारेज गर्नुपर्ने अवस्था छ । किनभने कर्मचारीहरूको दलीय करणले समस्या ल्याएको छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077