Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

धारिलो हतियार प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

काभ्रे । काभ्रेमा धारिलो हतियार प्रहार गरी छोराले आफ्नै आमाको हत्या गरेका छन् ।

बुधबार बिहान ११ बजे विष्णुबन्ध थापाले आफ्नी ९२ वर्षीया आमा कान्छीमाया थापाको हत्या गरेका हुन् ।

प्रहरीले हत्या आरोपमा पनौती नगरपालिका–११ का ५२ वर्षीय थापालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनले आक्रोशमा आएर आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077