Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

निकिताविरुद्धको पोष्ट नहटाए कानुनी प्रक्रियामा जाने रविको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेलबारे नकारात्मक प्रचार भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

गएराति सामाजिक सञ्जालमा उनले पार्टीको पछिल्लो राजनीतिक घटनाक्रममा आफ्नो पत्नी निकितालाई 'अनावश्यक' जोडिएकोप्रति आक्रोश पोखेका हुन् ।

‘एक आफैँमा योग्य , सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा केही लिनु दिनु छैन, कायरहरू उसमाथि खनिएका छन्’, लामिछानेले लेखेका छन्, ‘बिना आधार, बिना प्रमाण कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं।’

उनले निकिताविरुद्धको पोस्ट नहटाए कानूनी प्रक्रियामा जाने चेतावनी समेत दिएका छन् । 'निराधार राखिएका समाचार र पोस्टहरू नहटाए कडा कानुनी प्रक्रियामा जान्छौँ,' पत्नी पौडेललाई मेन्सन गर्दै उनले लेखेका छन्, 'बिना कारण तिमीले सहनुपरेको बद्नामी र तनावप्रति कायरहरूको तर्फबाट म क्षमा चाहन्छु । न पिर गर, हामी यो घेराबन्दी तोड्नेछौँ, हामी जित्नेछौँ । आई लभ यू ।'

रास्वपाका तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा निकितालाई जोडेर समेत प्रचार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077