Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसोसियट उपाध्यक्षमा पनि संघई समूहकी ज्योत्सना निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा रामचन्द्र संघई प्यानलकी ज्य‍ोत्सना श्रेष्ठ विजयी भएकी छन् ।

उनले उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको एसोसिएट उपाध्यक्षमा सयुक्त उमेदवार रहेका भरत आचार्यलाई पराजित गरेकी हुन् ।

श्रेष्ठले ८४६ मतसहित जित हासिल गर्दा आचार्यले ७८१ मत पाए । यसअघि जिल्ला, नगर उपाध्यक्षमा संघई प्यानलकै सुरकृष्ण वैद्य विजयी भएका थिए।

वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् । अब वरिष्ठ उपाध्यक्ष पदको गणना हुनेछ ।महासंघको चुनावका लागि बुधबार काठमाडौंमा मतदान भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077