Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सरकारलाई मेयर बालेनले भने - काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्कै पालिकामा सार्नू

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सिंहदरबार र राजधानी अर्कै पालिकामा सार्न चुनौती दिएका छन् ।

सामाजिक सन्जाल फेसबुकमा लेख्दै मेयर बालेनले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्न आग्रह गरेका हुन् ।

मेयर बालेनले सामाजिक सन्जालमा लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंबासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।’

महानगरलाई सहयोग नगरेको भन्दै असन्तुष्ट रहेका मेयर बालेनले काठमाडौंबासीलाई सम्पदा, संकृति, कला, सभ्यता चाहिने तर राजनीति नचाहिने पनि बताएका छन् ।

बुधबार मात्रै पनि मेयर बालेनले आफ्ना १४ वटा माग पूरा नगरेसम्म यी तीनै ठाउँको फोहोर नउठाउने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077