Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषधिसहित उदयपुरबाट तीन जना पक्राउ

उदयपुर । प्रहरीले फरक फरक स्थानबाट लागूऔषध ओसार पसार संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

लागूऔषध ओसारपसार नियन्त्रण सम्बन्धी अभियान अन्तर्गत उदयपुर प्रहरीले उनीहरुको साथबाट दश केजी गाँजा र ४८ एम्पुल लागूऔषध फेला पारेको हो ।

लागूऔषध गाँजा बोकेर जाँदै गरेको बा-६७प-३११४ नम्बरको मोटरसाइकलबाट कटारीतर्फ जाँदै गरेको अवश्थामा कटारी नगरपालिका-१० तिल्केचौरबाट दुई युवा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका ४ का २८ वर्षीय काशीराज राई र २९ वर्षीय तेजबहादुर राई रहेका छन् । प्रहरी चौकी सोरुङछबिसेबाट खटेको टोलीले शंका लागेपछि छानविन गर्नेक्रममा सामान वरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय कटारी ल्याई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी त्रिनपा–३ मिलनचोकबाट लागुऔषधसहित प्रहरीले एकजनालार्ई नियन्त्रणमा लिएको छ ।

त्रियुगा नगरपालिका–१० का २२ वर्षीय ‘समिर’ भनिने दीबहादुर मगर लाई प्रतिबन्धित लागु औषध सहित बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँचगर्दा बुप्रिनोर्फिन १६ एम्पुल, डाईजेपाम १६ एम्पुल र फेनार्गन १६ एम्पुल गरी गरी ४८ एम्पुल लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077