Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इण्डियन लिग खेल्न कप्तान एन्जिलासहित ४ खेलाडी भारत प्रस्थान

काठमाडौं । हिरो इन्डियन वुमन्स लिग खेल्न राष्ट्रिय महिला फुटबल टिमका ४ खेलाडी भारततर्फ प्रस्थान गरेका छन् ।

राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर एन्जिला सुब्बा, फरवार्ड सावित्रा भण्डारी, मिडफिल्डर सरु लिम्बु र रेनुका नगरकोटी बिहीबार भारत प्रस्थान गरेका हुन् ।

पहिलो पटक भारतीय लिग खेल्न लागेकी कप्तान एन्जिलाले सेथु एफसीबाट खेल्ने छिन् ।

राष्ट्रिय टोलीकै मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बु किकस्टार एफसीबाट लिग खेल्नेछन्।

सावित्राले भने गोकुलम केरलाबाट खेल्ने छिन् ।

सन् २०१६ देखि सुरु भएको भारतीय महिला फुटबल लिगको नयाँ संस्करणको प्रतियोगिता २५ अप्रिलदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077