Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नयाँ वर्षमा पूर्वराजाको सन्देश - तीन दशकमा युवा पिँढीमा चरम विद्रोहभाव देखियो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अवस्थाप्रति युवा पिँढीमा चरम विद्रोहभाव देखिएको बताएका छन् ।

बिहीबार नयाँ वर्षको अवसरमा एक सन्देश जारी गर्दै उनले विगत तीन दशकयताको घटनाक्रमप्रति युवा पिँढीमा चरम बिद्रोहभाव देखिएको बताएका हुन् ।

अब कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहीन आरोप थोपरेर नहुने उनले बताए ।

अब कोरा नारा छाडौँ, सही प्रकारको राज्य पद्धतिका निम्ति सोचौँ, सबै खाले गल्ती सच्याउनेतिर लागौँ । देशलाई थाहा पाई पाई बरबादीतिर नधकेलौँ, शुभकामना सन्देशमा शाहले भनेका छन् ।

पूर्वराजा शाहले राजनीति र राज्य सञ्चालनको प्रक्रियामा इमान्दारीताको अभावका कारण देशमा बेथिति, अविश्वास, द्वन्द्व र जटिलता देखिएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077