Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नयाँ वर्षमा पूर्वराजाको सन्देश – तीन दशकमा युवा पिँढीमा चरम विद्रोहभाव देखियो

    नयाँ वर्षमा पूर्वराजाको सन्देश – तीन दशकमा युवा पिँढीमा चरम विद्रोहभाव देखियो

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 603
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अवस्थाप्रति युवा पिँढीमा चरम विद्रोहभाव देखिएको बताएका छन् ।

    बिहीबार नयाँ वर्षको अवसरमा एक सन्देश जारी गर्दै उनले विगत तीन दशकयताको घटनाक्रमप्रति युवा पिँढीमा चरम बिद्रोहभाव देखिएको बताएका हुन् ।



    अब कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहीन आरोप थोपरेर नहुने उनले बताए ।



    अब कोरा नारा छाडौँ, सही प्रकारको राज्य पद्धतिका निम्ति सोचौँ, सबै खाले गल्ती सच्याउनेतिर लागौँ । देशलाई थाहा पाई पाई बरबादीतिर नधकेलौँ, शुभकामना सन्देशमा शाहले भनेका छन् ।

    पूर्वराजा शाहले राजनीति र राज्य सञ्चालनको प्रक्रियामा इमान्दारीताको अभावका कारण देशमा बेथिति, अविश्वास, द्वन्द्व र जटिलता देखिएको टिप्पणी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार