बारा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई पटक संसद विखटन गर्ने नेकपा एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रको लागि घातक रहेको टिप्पणी गरेका छन् ।
बाराको पचरौता पालिकामा आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो टिप्पणी गरेका हुन् ।
‘आफ्नो स्वार्थका लागि राष्ट्रपति पदको दुरुपयोग गरी एमालेले दुई पटक संसद विघटन गर्यो,'उनले भने,'अहिले पनि जनमत पार्टीको आन्तरिक एजेन्डा मधेश विखण्डन नै छ, यी दुवै दल लोकतन्त्र र सिंगो मुलुकका लागि घातक छन् ।’
यी दुवै दललाई परास्त नगरेसम्म लोकतन्त्र र मुलुक सुरक्षित हुन नसक्ने अध्यक्ष यादवले दाबी गरे ।