Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मधेश प्रदेशमा आज जुडशीतल पर्व मनाइँदै

    मधेश प्रदेशमा आज जुडशीतल पर्व मनाइँदै

    अनलाइन नेपाल
  • शनिबार, २ बैशाख २०८०
  • 534
    SHARES

    धनुषा । तराई–मधेसमा आज जुडशित पर्व मनाइँदै छ । प्रत्येक वर्षको वैशाख २ गते बिहानैदेखि गाउँगाउँमा आफू भन्दा सानाको शिरमा जल थप थपाएर आशिर्वाद लिने दिने गरिन्छ ।

    बुबा-आमा, गुरु, मान्यजन र ज्येष्ठ सदस्यले आफू भन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आशिर्वाद दिंदै यो पर्व मनाउने चलन रहेको छ ।



    वर्षभरी शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु र प्रगति होस् भन्ने ठूलाबडा र जेष्ठ सदस्यले आफू भन्दा सानालाई आशिर्वाद दिने गर्छन् ।



    यसरी टाउकोमा पानी छ्यापेर जुराउँदा वैशाखको प्रचण्ड तापसँगै सूर्यको किरणबाट मनमष्तिकमा हुन सक्ने असन्तुलनलाई रोक्ने र बर्षैभरी मस्तिष्क सितल रहने विश्वास रहिआएको छ ।

    आजका दिन रुख विरुवामा पानी हाल्नुका साथै खेतबारीमा मलजल गर्ने परम्परा समेत रहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार