Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ढाकाकुमार श्रेष्ठलाई रविको आग्रह – मुद्दा हालेर यो यात्रा बिथोल्ने काम नगर्नुस्

    ढाकाकुमार श्रेष्ठलाई रविको आग्रह – मुद्दा हालेर यो यात्रा बिथोल्ने काम नगर्नुस्

    अनलाइन नेपाल
  • शनिबार, २ बैशाख २०८०
  • 930
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व-सांसद ढाकाकुमार श्रेष्ठलाई मुद्दा, मामिलामा नजान आग्रह गरेका छन् ।

    सभापति लामिछानेले चितवनमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा ढाकाकुमार श्रेष्ठलाई मुद्दा नहाल्न आग्रह गरेका हुन् ।



    सभापति लामिछानेले भने, ‘आफूले योगदान दिएको यात्रमा आफू साइड लागेर, आफू अन्त बसेर पनि तपाईंले सघाउनु होला । भोलि अदालतले क्लिन चिट दिएछ भने नेपाली जनताले भोट दिएर जिताउँछन् । हामी तपाईंलाई संसद्मा स्वागत गरौंला । यो यात्रा बिथोल्ने काम नगर्नुस् ।’



    सभापति लामिछानेले पार्टीलाई सघाउन पनि आग्रह गरे । श्रेष्ठलाई रास्वपाले घुस मागेको अडियो प्रकरणमा पार्टीबाट कारबाही गरेको थियो ।

    पार्टीले उनलाई सांसदबाट बर्खास्त गर्न पनि संसद् सचिवालयलाई पत्र लेखेको छ ।

    आफूलाई पार्टीले गरेको कारबाही स्वीकारेर छेउ लाग्न लामिछानेको आग्रह गरे। सांसद श्रेष्ठले भने आफूलाई कारबाही गरिएको कदमविरुद्ध अदालत जाने तयारीमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार